भोटेकोशी बाढी प्रभावितलाई कांग्रेसको एक करोड सहयोग
काठमाडौँ : नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ। भोटेकोशी बाढी प्रभावितको लागि कांग्रेसले उक्त सहयोग गरेको हो। आज महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसका नेताहरुले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तान्तरण गरेका हुन्। महामन्त्री पौडेलसहित पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराव चालिसे, प्रमुख समेतक वासना थापा, रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य लगायत नेताहरु अर्थमन्त्रालय पुगेका थिए। कांग्रेसले पार्टी नेताकार्यकर्ताबाट संकलन गरेर एकमुष्ट सहयोग रकम हस्तान्तरण गरेको हो।
