SHARE
कालिका खबर · सोमबार २२ भौ २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि सांगीतिक कार्यक्रमबाट ४ लाखभन्दा बढी सहयोग संकलन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगार्थ आयोजित सांगीतिक कोष संकलन कार्यक्रमबाट ४ लाख ९ हजार ६ सय ३७ रुपैयाँ संकलन भएको छ। PRV Entertainment को आयोजना तथा Axix Band को सहकार्यमा Trisara Restaurant मा सांगीतिक कोष संकलन कार्यक्रम आयोजना गरिएको थियो। हालै भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।