SHARE
कालिका खबर · सोमबार २२ भौ २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको छ। मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले दुवै वित्तीय संस्थालाई प्राप्ति गर्ने निर्णय गरेको हो। बैंकका अनुसार प्राप्तिका लागि सिन्धु विकास बैंक र जानकी फाइनान्ससँग सोही दिन प्रारम्भिक सम्झौता (MoU) समेत हस्ताक्षर भइसकेको छ। मुक्तिनाथ विकास बैंकले यसअघि वाणिज्य बैंकमा स्तरोन्नति हुने उद्देश्यसहित नेपाल राष्ट्र बैंकमा आवेदन दिएको थियो।