SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले बाढीपीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुर्नया गाउँपालिका–७ घर भई हाल काठमाडौँको बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।