नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
काठमाडौं । नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा यही अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म आयोजित १४औँ एपीपीयू कंग्रेसमार्फत् हुलाक सेवा विभागलाई उक्त सम्मान प्रदान गरिएको महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिए ।
