भोटेकोशी बाढी : कांग्रेसले सरकारलाई दियो १ करोड
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट सरकारलाई एक करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्थापनाका लागि कांग्रेसले सरकारलाई एक करोड आर्थिक सहयोग उपलब्ध गराएको हो ।
