बाढी प्रभावित नागरिकका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकाद्वारा राहत प्याकेज घोषणा
काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले बाढी प्रभावित नगरवासी नागरिकहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ । नगरपालिकाले आगामी कार्यपालिका बैठकबाट अनुमोदन हुने गरी बाढीबाट घरबार गुमाएका, मृतक र घाइते तथा प्रभावित परिवारका लागि लक्षित गर्दै राहत प्याकेजको घोषणा गरेको हो ।
