त्रिशूली–३ ‘बी’ मा फसेकाको उद्धार माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यलाई प्राथमिकता दिन माग गर्दै आफन्तहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । सोमबार प्रदर्शनमा सहभागी आफन्तहरूले सरकारले त्रिशूली–३ बी मा उद्धार तथा खोजी कार्यलाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाएका छन् ।
