SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

साउनमा बढ्यो घरजग्गाको कारोबार, राजस्व संकलनमा १६.९२ प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा घरजग्गाको कारोबारसँगै कित्ताकाट र यसबाट संकलन हुने राजस्वमा समेत वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको साउनमा घरजग्गाको कारोबार ९.३९ प्रतिशतले बढेको छ ।