भोटेकोसी बाढीपछि रविलाई रुबियोको फोन, के-के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सोमबार उनीहरूबीच फोनमा कुराकानी भएको हो । रास्वपाका अनुसार विदेशमन्त्री रुबियोले लामिछानेलाई फोन गरेका थिए ।
