SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

नबिल बैंकले शेयरधनीलाई १५. ८०५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।