SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँको दुई महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उठाउने भएको छ । केन्द्रीय बैंकले भदौ २२ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले सहभागी हुन पाउनेछन् ।