त्रिशूलीमा बाढी आउँदा कैदीबन्दी भाग्न थालेपछि गरिएको थियो ११ राउण्ड हवाई फायर, यस्तो छ टाइमलाइन
नुवाकोट । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) का प्रहरी निरीक्षक पप्पु यादवलाई यही १० भदौको बिहान ९ः२६ बजे प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो, ‘त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु ।’ रसुवाको भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी त्यो सूचना आउँदा प्रहरी निरीक्षक यादव नियमित काममै थिए ।
