SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, १२५ एमबीपीएस इन्टरनेट मासिक ५५३ रुपैयाँमै

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकहरूलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने भएको हो। नयाँ ग्राहकहरूले मासिक ५५३ रुपैयामै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्नेछन्।