SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

ट्रम्पसँग वार्ता गर्न किम जोङ उनले राखे यस्तो सर्त

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आणविक हतियार त्याग्न जोड नदिए वार्ता गर्न तयार रहेको बताएका छन्।  उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार किम जोङ उनले प्रतिबन्ध फुकुवाको बदलामा आफ्नो आणविक हतियार कहिल्यै नत्याग्ने बताएका हुन्।उनले ʻसर्वोच्च जनसभालाई सम्बोधन गर्दै भने, व्यक्तिगत रूपमा मलाई अझै पनि डोनाल्ड ट्रम्पसँग राम्रो सम्झना छ।