अन्तरिक्ष, न्युक्लियर, बायोटेक्नोलोजी र एआई सम्बन्धमा मन्त्री पुनले बनाए सल्लाहकार समिति
काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित मन्त्रालयमा पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन्।पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे।
