SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

तातोपानी नाकासँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा

काठमाडौं : चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-२ को कोदारी, इर्कुसहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे टोलीले जानकारी लिएको छ।