SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्काल राहदानी र राष्ट्रिय परिचयपत्र सेवा नदिने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्काल राहदानी र राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी सेवा नदिने भएको छ। गत भदौ २४ गते जेनजी समूहको प्रदर्शनीका क्रममा आगजनी गरेपछि कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरू जली नष्ट भएकाले उक्त सेवा प्रवाह नहुने भएको हो। सेवालाई पूर्ववत रूपमा सञ्चालन गर्न कार्यालयको तर्फबाट अधिकतम प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए।