SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

नेपालमै पहिलो पटक वीरगन्जमा निकालियो नवदुर्गा भवानीको ‘चुनरी यात्रा’

वीरगन्ज : दसैं सुरु भएको पहिलो दिन घटस्थापनामा सोमबार नेपालमै पहिलो पटक वीरगन्जमा नगवदुर्गा भवानीको ‘चुनरी यात्रा’ निकालिएको छ।सोमबार दिउँसो वीरगन्ज–६ माईस्थानस्थित प्रमुख शक्तिपीठ गहवामाई मन्दिरबाट १ हजार ५ सय बढी महिला भक्तजनहरुले १ सय ५१ मिटर लम्बाईको नवदुर्गा भवानीको चुनरी बोकेर निकालेको ‘चुनरी यात्रा’ ले नगर परिक्रमा गरेको थियो।