देउवा निवासमा भेटिएको नोटबारे निष्पक्ष छानबिन होस् : महामन्त्री शर्मा
विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोटका बारेमा निष्पक्ष छानबिन होस् भन्ने चाहना राखेका छन्। अनुमान र हल्लाका भरमा भन्दा पनि निष्पक्ष छानबिनबाट सत्य बाहिर ल्याउनुपर्नेमा उनको जोड छ। सोमबार विराटनगरस्थित कोइराला निवास पुगेर पत्रकारसँग कुरा गर्दै शर्माले यस विषयमा सम्पत्ति शुद्धीकरण विभागलगायत राज्यका निकायहरूले अनुसन्धान गरिरहेका भन्दै त्यसैको नतिजालाई स्वीकार गर्नुपर्ने स्पष्ट पारेका छन्।
