तोकिएको भाडा दर मात्र लिन निर्देशन
नुवाकोट : चाडपर्वको समयमा यात्रुहरूसँग बढी भाडा लिइएको गुनासो आएपछि सरोकारवाला निकायले तोकिएको भाडा दर मात्र लिन निर्देशन दिएको छ। नुवाकोटको विदुरमा सरोकारवाला बीचको अन्तरक्रियाले यातायात सञ्चालकहरूले संघीय तथा बागमती प्रदेश सरकारले तोकिएको भाडादर मात्र यात्रुहरूसँग लिन निर्देशन दिएको छ। निर्देशन पालना नगरेको पाइएमा कानुनी कारबाही गरिने सहमति भएको छ।
