भोटेकोशी बाढी : बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान
नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली जलविद्युत् परियोजनाबाट हराइरहेका ४७ जना कर्मचारीको पहिचानका लागि डीएनएको नमूना उपलब्ध गराउन आह्वान गरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्राधिकरणका विभिन्न संरचनामा क्षति पुर्याएको र त्यहाँ कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ ।
