SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

महेन्द्र माविको आँगनमा उज्यालो होइन, मौनता

दार्चुला : दार्चुला जिल्लाको मुटुमा अवस्थित महेन्द्र माध्यमिक विद्यालय, जसलाई स्थानीयहरूले ‘गौरवको प्रतिमूर्ति’ भनेर सम्बोधन गर्दै आएका छन्। तर आज विडम्बनाको घेरामा छ। आठ दशकदेखि हजारौं विद्यार्थीलाई उज्यालो भविष्य दिएको यो शिक्षालय अहिले आफ्ना शिक्षक–कर्मचारीलाई चाडपर्वकै बीचमा अवकाश दिनुपर्ने बाध्यतामा पुगेको छ।    २००९ सालमा स्थापना भएको उक्त विद्यालय अहिले संकटको भुमरीमा फस्दै आएको छ। विद्यालयको आँगन आज असामान्य मौनताले ढाकिएको छ।