SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन : गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ। तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५:३० बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राति बन्द गरिएको थियो। आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजेसम्म पूर्णरूपमा बन्द गरी पहिरो पन्छाइएको थियो।