जेन्जी आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि इजरायलमा सांगीतिक कार्यक्रम
तेलअविव : जेन्जी आन्दोलनका क्रममा नेपालमा जलेका र भत्किएका संरचनाहरू पुनःनिर्माणका लागि इजरायलमा रहेका नेपाली समुदाय जुट्ने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलको आयोजनामा आगामी अक्टोबर २४ (भाइटीकाको भोलिपल्ट) तिहार सांगीतिक कार्यक्रम आयोजना गरिने भएको हो।कार्यक्रममा नेपालका बहुचर्चित गायक शिव परियार विशेष उपस्थित रहनेछ। परियारसँगै इजरायलमै रहेका स्थानीय नेपाली कलाकारहरूले पनि सांगीतिक प्रस्तुति दिने तयारी भएको आयोजकले बताएको छ।
