SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

बलिहाङ कप २०२५ इजरायलमा आयोजना हुने

तेलअविव : नेपाली समुदायबीच खेलकुदमार्फत आपसी सम्बन्ध मजबुत बनाउन लक्ष्यसहित बलिहाङ कप २०२५ फुटबल प्रतियोगिता आगामी अक्टोबर १७ र १८ तारिखमा हुने भएको छ। झण्डै ९ वर्षबाट निरन्तर आयोजना हुँदै गरेको यो फुटबल प्रतियोगिताको ८औं संस्करण हो। एकता र मित्रताको लागि फुटबल भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगिता ९ ए साइड फुटबल प्रारुपमा सम्पन्न हुनेछ। यस संस्करणमा इजरायलका नेपाली ७ वटा र भारतका नेपाली भाषी २ टिम सहित ९ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।