SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

गोरखाका शिव ढकालको अमेरिकामा मृत्यु

गोरखा : बारपाक सुलिकोट गाउँपालिका-४ सौरपानी (पोखरीडाँडा)का शिवप्रसाद ढकालको अमेरिकामा मृत्यु भएको छ। करिब ५० वर्षका ढकालको गत शुक्रबार अमेरिकाको सान्फ्रान्सिस्कोमा मृत्यु भएको स्थानीय ईश्वर ढकालले जानकारी दिए।विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर अस्पताल भर्ना भएका थिए। उनको अमेरिकामा नै अन्त्येष्टि गर्ने तयारी भइरहेको उनले बताए। ढकालको नेपालमा श्रीमती, दुई छोरी र एक छोरा छन्।