जीवितै उद्धार गरिएकी श्रेष्ठको कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं । रसुवाको बेत्रावतीबाट ११ दिनपछि जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार श्रेष्ठको चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको हो । सुगर, प्रेसर तथा मुटुसम्बन्धी समस्या रहेकी श्रेष्ठमा हाल हाइपरथरमियाको लक्षण देखिएको छ ।
