चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास जारी
रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि प्रयास जारी रहेको छ । भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सम्पर्क विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाइ भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
