सुरुङबाट उद्धार गरिएको चिनियाँ नागरिकलाई काठमाडौं ल्याइयो
काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका एक चिनियाँ नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सुरुङमा फसेका उनलाई बाढी आएको ११औँ दिन आज (शनिबार) उद्धार गरिएको हो ।
