भोटेकोशी बाढी : ११औँ दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवितै उद्धार, खोजी कार्य तीव्र
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी उद्धार अभियानका क्रममा ११औँ दिनसम्ममा चार जनाको जीवितै उद्धार गरिएको छ । हिजो शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनको बाढी आएको १०औँ दिनमा जीवितै उद्धार गरिएको थियो ।
