SHARE
पर्दाफास · शनिबार २० भौ २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवित उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले शनिबार उद्धार गरेको हो ।