SHARE
लोक पथ · शनिबार २० भौ २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

‘इरानको पिक्याक्स माउन्टेन’ मा चाँडै हमला गर्छौँ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘पिक्याक्स माउन्टेन’ क्षेत्रमा चाँडै अमेरिकी हमला हुन सक्ने बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको नताञ्ज परमाणु केन्द्रनजिक रहेको उक्त क्षेत्रमा हमला गर्ने संकेत दिएका हुन् । सो क्षेत्रमा जमिनमुनि गहिरा सुरुङ रहेकाले यसलाई निकै सुरक्षित मानिन्छ ।