SHARE
पर्दाफास · शनिबार २० भौ २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

विपद्को मौका छोपी हुने अपराध नियन्त्रणमा प्रहरीलाई चनाखो रहन आईजीपी कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवालगायत जिल्लाको शुक्रबार स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले बाढी प्रभावित क्षेत्रमा प्रहरीले गरिरहेको उद्धार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का तथा राहत वितरणलगायतका कामबारे जानकारी लिएका छन्।