SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । लामो समयदेखि रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्ने प्रयास हुँदै आए पनि आवश्यक मापदण्ड पूरा गर्न नसक्दा रोकिएको सेवा अहिले भवन, जनशक्ति र उपकरणको व्यवस्थापनसहित औपचारिक रूपमा सुरु गरिएको हो ।