SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

जर्मनीको राज्य चुनावमा अति दक्षिणपन्थी दल एएफडीको ऐतिहासिक जित

एजेन्सी । जर्मनीको स्याक्सनी–अनहाल्ट राज्यमा सम्पन्न निर्वाचनमा अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ऐतिहासिक जित हासिल गरेको छ । सार्वजनिक प्रसारण संस्था एआरडीले सार्वजनिक गरेको एक्जिट पोलअनुसार एएफडीले ४४.४ प्रतिशत मत प्राप्त गर्दै कीर्तिमानी नतिजा निकालेको हो ।