SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

काभ्रे । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ । काठमाडौँ उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि सुरु गरिएको झन्डै १६ किलोमिटर सडक तोकिएकै समयमा निर्माण नहुँदा स्थानीयवासी हिलो र धुवाँका कारण मर्कामा परेका हुन् ।