SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । चितवनको कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सोमबार कारागार परिसरभित्र उनीहरूले ती सामग्री हस्तान्तरण गरेका हुन् ।