SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो ।