SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेलसहित पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् ।