SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ १२:४० PM · 1 मिनेट पढाइ

मकवानपुरगढीमा कृष्ण जन्माष्टमी मेला, पूजा–आराधना गर्नेको भीड

मकवानपुर । मकवानपुरको ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लागेको छ । मकवानपुरगढी गाउँपालिका–२ स्थित गढी दरबार परिसरमा रहेको प्रसिद्ध वंशगोपाल मन्दिरमा आज बिहानैदेखि भक्तजन तथा पर्यटकको उल्लेख्य भीड लागेको हो ।