SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपीडितका लागि अटोवेजद्वारा ४१ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि अटोवेज प्रालिले प्रधानमन्त्री राहत कोषमा ४१ लाख ११ हजार ११ रुपैयाँ सहयोग गरेको छ । अटोवेज प्रालिका सञ्चालक नारायण पौडेललगायतको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।