सांग्रिला डेभलपमेन्ट बैंकको सीइओमा रबिन सिजापति नियुक्त
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रबिन सिजापति नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले सिजापतिलाई नयाँ सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका सीइओ सुयोग श्रेष्ठको कार्यकाल बिहीबारदेखि समाप्त भएपछि बैंकले नयाँ सीइओ नियुक्त गरेको हो ।
