SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने

काठमाडौं । राहदानी विभागले भदौ २२ र २३ गते राहदानीसम्बन्धी आफ्ना सबै सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै भदौ २२ र २३ गते सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो ।