SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग

काठमाडौं । ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो । शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।