बुद्ध एयरको नयाँ एटीआर–७२-६०० बाट व्यावसायिक उडान सुरु, दसैँ-तिहारसम्म सस्तो भाडा कायम रहने
काठमाडौं । भोटेकोशी बाढीका कारण सडक तथा राजमार्गमा क्षति पुगेपछि यात्रुको आवागमन सहज बनाउन बुध्द एयरले सस्तो भाडामा हवाई सेवा सञ्चालन गर्ने भएको छ । बुध्द एयरले राजमार्ग सञ्चालनमा नआएसम्म न्यूनतम भाडादरमा उडान गर्ने जनाएको छ । कम्पनीले दशैं, तिहार र छठसम्म सस्तो भाडादर कायम गर्ने घोषणा गरेको हो ।
