SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

सङ्खुवासभामा प्रधानाध्यापकको गोली हानी हत्या, एक जना पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङमा गोली हानी प्रधानाध्यापकको हत्या भएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको बिहीबार राति गोली हानी हत्या गरिएको हो ।