SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर B10, छिट्टै डेलिभरी हुने

काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाकाबाट सवारीसाधन आयातमा अस्थायी अवरोध भएपछि नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर B10 को आयात मार्ग परिवर्तन गरेको छ । यसअघि चीनबाट रसुवागढी नाका हुँदै लिपमोटरका गाडी नेपाल भित्र्याउँदै आएको कम्पनीले अहिले मुस्ताङस्थित कोरला नाकाबाट B10 आयात गर्न थालेको हो ।