SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई बङ्गलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग

काठमाडौँ । बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुनःस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न उक्त रकम आज सहयोग गरेको हो ।