SHARE
लोक पथ · शुक्रबार​ १९ भौ २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

हेटौँडामा यात्रु र चालकलाई निःशुल्क खाना, सडक सहज नभएसम्म अभियान जारी रहने

काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौं जाने यात्रु तथा चालकको चाप बढेसँगै हेटौँडामा निःशुल्क भोजन सेवा सुरु गरिएको छ । नागरिक समाज मकवानपुरको पहल तथा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा बिहीबारदेखि हेटौँडा–१ स्थित भाटभटेनी अगाडि निःशुल्क खाना वितरण सुरु गरिएको हो ।